

काठमाडौँ – नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टाचारी भएको बताएका छन्।

बिहीवार बसेको सार्वजनिक लेखा समितिको बेरुजुसम्बन्धी छलफलमा उनले यस्तो बताएका हुन्। उनले भ्रष्टाचार र बेरुजु फरक कुरा भएको बताए।

उनले विगत कोट्याएर बस्नुभन्दा अगाडि देखिएका चुनौतीका चाङलाई कसरी समाधान गर्ने भन्नेतिर ध्यान दिनुपर्ने बताए।

बाँस्कोटाले भने, ‘सबै बेरुजुलाई भ्रष्टाचार देख्ने आँखाहरू पनि भ्रष्टारी हुन्। भ्रष्टाचार र बेरुजु फरक कुरा हुन्।’
सांसद बास्कोटाले बेरुजु फर्स्यौटलाई कानुनी र व्यावहारिक रूपमा सहज बनाउनुपर्नेमा जोड दिए।
Views: 65

