Aamsanchar

रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न मानव अधिकार आयोगसहितको टोली भैरहवामा

Author Image
सोमवार, साउन २६, २०८२

काठमाडौं-  पूर्वगृहमन्त्रीलाई रवि लामिछाने रहेको कारागारको अनुगमन गर्न राष्ट्रिय मानव अधिकार आयोगसहितको टोली भैरहवा पुगेको छ ।

आयोग सदस्य लिली थापाका साथै इन्सेक प्रतिनिधिसहितको टोली कारागारको अनुगमनका लागि त्यहाँ पुगेको हो । उनीहरु अनुगमनका लागि कारागार प्रवेश गरिसकेका छन् ।

सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखिएको छ । त्यहाँ उनको बसाइ व्यवस्थापन राम्रो नभएको समाचार प्रकाशित भएपछि मानव अधिकार आयोगको टोली अनुगमन गर्न पुगेको हो ।

 

 

Views: 77

प्रतिक्रिया (०)

सम्बन्धित खबर