Aamsanchar

केचना–कञ्चनजङ्घा सडकअन्तर्गत पुवाखोलामा मन्त्री दाहालद्वारा बेलिब्रिज उद्घाटन

Author Image
बुधवार, भदौ ४, २०८२

इलाम : केचना–कञ्चनजङ्घा (मेची करिडोर) सडकअन्तर्गत पुवाखोलामा बेलिब्रिज जडान गरिएको छ । पुलको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले आज उद्घाटन गर्नुभयो ।

सङ्घीय सरकारको एक करोड ३५ लाखको लागतमा गत असारमा उक्त पुल जडान गरिएको हो । सडक डिभिजन कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार यो पुल ४८ दशमलव छ मिटर लामो छ । पुवाखोलामा बेलिब्रिज जडान भएपछि मेची राजमार्गको विकल्पका रूपमा केचना–कञ्चनजङ्घा सडक विकसित भएको छ ।

Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर