Aamsanchar

भियतनामका उपराष्ट्रपति नेपालको तीनदिने औपचारिक भ्रमणमा

Author Image
शनिवार, भदौ ७, २०८२

काठमाडौं – भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि नेपाल आइपुगेकी छन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज नेपाल भ्रमणमा आएकी हुन्।

 

उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका छन्।

उपराष्ट्रपति सुआनले उनको सम्मानमा नेपाली सेनाले प्रदान गरेको गार्ड अफ अनरको निरीक्षण गरेकी थिइन्। उनीसँग आजै परराष्ट्रमन्त्री डा। राणाले शिष्टाचार भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ। उनले यही भदौ ९ गतेसम्म नेपालको भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर