Aamsanchar

एमाले केन्द्रीय सदस्य महरविरुद्ध पक्राउ पुर्जी जारी

Author Image
बुधवार, भदौ ११, २०८२

काठमाडौँ – नेकपा (एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् । महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएको साइबर ब्युरोका एक जना अधिकृतले  बताए ।

यसअघि पनि ती महिलाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।

बझाङ घर भएका महर प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनेका थिए । उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर