Aamsanchar

ʻप्रचण्डʼले भने : बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस भयो

Author Image
आइतवार, भदौ १५, २०८२

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ʻप्रचण्डʼले बुटवलमा अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस गरेको बताएका छन्।

 

आइतबार बुटवलमा सहिद स्मृति प्रतिष्ठान रुपन्देहीका संस्थापक अध्यक्ष स्वर्गीय रामप्रसाद बञ्जाडे ‘टंकमणि’को शालिक अनावरणका साथै पुस्तक विमोचन गर्दै प्रचण्डले बुटवल उपमहानगरपालिकाले धेरै सहयोग गरेको देखिएकाले अहिले पनि कांग्रेस–माओवादीको समीकरण जीवन्त रहेको महसुस गरेको बताएका हुन्। उनले टंकमणिले सप्लाई विभागमा रहेर दश वर्षे जनयुद्धलाई सफल बनाउन विशेष भूमिका खेलेको बताए।

प्रचण्डले जनयुद्धको समयमा जोखिमपूर्ण जिम्मेवारी बहन गरेर काम गर्ने टंकमणि साहसी योद्धा भएको उल्लेख गरे।

त्यस्तै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले टंकमणि माओवादी मात्र नभई समग्र समाजका नेता भएको बताए। उनले आफूहरू कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित भएकाले केन्द्रमा गठबन्धन भत्किए पनि पालिकामा गठबन्धनको मर्मअनुसार काम गरिरहेको उल्लेख गरे।

Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर