Aamsanchar

धरानका मेयर काठमाडौंमा, ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्कियो

Author Image
सोमवार, भदौ १६, २०८२

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सोमबार (भदौ १६) काठमाडौं आएका छन् । उनको स्वागतमा समर्थकले मोटरसाइकल र्‍याली निकाले ।

त्रिभुवन विमानस्थल हुँदै उनी काठमाडौं प्रवेश गरेका हुन् । राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किएको भन्दै उनले सामाजिक सञ्जालमार्फत समर्थकप्रति धन्यवाद व्यक्त गरेका छन् ।

“कुनै दिन राजधानीमा ‘हर्क साम्पाङ जिन्दाबाद’को नारा घन्किनेछ भनी मैले सोचेको थिइनँ! सायद यो मेरो देशभक्ति र निष्ठाको फल हुनसक्छ ! सबैलाई धन्यवाद !,” उनले फेसबुकमा लेखेका छन् ।

Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर