

काठमाडौँ – राष्ट्रिय सभाकी सांसद डा.अञ्जान शाक्य संसदीय सुनुवाइ समितिको सदस्य मनोनित भएकी छिन्। राष्ट्रिय सभा बैठकले सहमति जनाएपछि उनी समितिको सदस्य बनेकी हुन्।

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को उपनियम २ बमोजिम उनलाई संसदीय सुनुवाइ संयुक्त समितिमा मनोनयनको प्रस्ताव पेश गरेका थिए।

शाक्य राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्।

राष्ट्रिय सभाबाट समितिमा नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगाना र नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्मा छन्। शाक्यसँगै अब संसदीय सुनुवाइ संयुक्त समितिमा राष्ट्रिय सभाका ३ जनाको प्रतिनिधित्व भएको छ ।
समितिमा प्रतिनिधिसभाबाट नेकपा एमालेका महेश बर्तौला, नेपाली कांग्रेसका जीवन परियार, माओवादी केन्द्रका जनार्दन शर्मा र रास्वपाका डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पशुपति शमशेर जबरालगायत छन् । समितिमा १५ सदस्य रहने प्रावधान छ ।

