

काठमाडौँ – बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य रोक्न माग गरेका छन् । उनले आवश्यक पूर्वाधार प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउन माग रहेका छन् ।

नेम्वाङले भने– ‘सरकारले तत्काल इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयन स्थगित गरी, आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अघि बढाइयोस् ।’

गाडी किन्नासाथ उच्च कर, हरेक वर्ष अनिवार्य बिमा, सडक कर तिर्न लामो लाइन, र लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा झेलेका जनताले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले थप सास्ती, हैरानी र झन्झट व्यहोर्नुपर्ने बताए । इम्बोस्ड नम्बर प्लेटको उद्देश्यबारे जनताको तहबाट प्रश्नहरू उठेका नेम्वाङले बताए ।

Views: 65

