

काठमाडौं – संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापतिमा नेपाली कांग्रेसका रामहरि खतिवडा निर्विरोध भएका छन्।सङ्घीय संसद् सचिवालयले उम्मेदवारी दर्ताका लागि तोकेको बिहीबार २ देखि ४ बजेसम्मको समयमा खतिवडाको मात्रै उम्मेदवारी परेको हो।

निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’ निष्क्रिय हुनेगरी चलखेल गर्ने काममा संसदीय विशेष समितिले नैतिक जिम्मेवार ठहर्याएपछि राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट राजीनामा दिएका खतिवडालाई कांग्रेसले सुनुवाइ समितिमा सभापति अघि सारेको हो।

समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले भदौ १० गते राजीनामा दिएर राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनेकी थिइन्।त्यसपछि रिक्त पदमा खतिवडाको एकल उम्मेदवारी परेको हो। औपचारिक घोषणा भने शुक्रबार हुनेछ।

Views: 94

