

हेटौँडा – बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले आज पदबाट राजीनामा दिएका छन्।

उनले उपसभामुख अप्सरा चापागाईंलाई आफ्नो राजीनामा पत्र बुझाएका हुन्। नेपालको संविधान र प्रदेशसभा नियमावली २०७४ को व्यवस्थानुसार सभामुख पदबाट राजीनामा दिएको राजीनामापत्रमा उल्लेख छ।

सभामुख पाठकले भदौ २३ गते भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा ‘जेन–जी’ ले गरेको प्रदर्शनमा अस्वाभाविक बल प्रयोग भई युवाहरूले ज्यान गुमाउनुपरेको घटनापछि आफू भावविह्वल बनेको उल्लेख गरेका छन्। उनले राष्ट्र रोइरहेका बेला नेपाली नागरिकको चाहना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहनु अनुचित हुन्छ भन्ने अनुभूति भएको उल्लेख स्पष्ट पारेका छन्।

पाठकले भदौ २४ गते नै राजीनामा दिने घोषणा गरेका थिए। पाठक राप्रपाबाट प्रदेश सांसद बनेका हुन्।
Views: 176

