Aamsanchar

शब्दपत्र डटकम ५ औं वर्षमा प्रवेश, वृक्षारोपणसहित स्थापना दिवस मनाइयो

Author Image
सोमवार, असोज ६, २०८२

बिर्तामोड । झापाको बिर्तामोडबाट सञ्चालनमा आएको अनलाइन न्यूज पोर्टल शब्दपत्र डटकम पाँचौं वर्षमा प्रवेश गरेको छ। २०७७ सालदेखि सञ्चालनमा आएको शब्दपत्रले २०७८ भदौ १० गते शब्दपत्र प्रकाशन प्रालिको नाममा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको हो।

स्थानीय समाचार र सूचनालाई प्राथमिकता दिंदै निरन्तरता दिइरहेको शब्दपत्रले आरोह–अवरोहका बीचमा चौथो वर्ष पूरा गरी सोमबारदेखि पाँचौं वर्षको यात्रा सुरु गरेको छ। संस्थाले प्रत्येक वर्ष घटस्थापनाको अवसर पारेर स्थापना दिवस मनाउने परम्परा बनाएको छ।

यस अवसरमा सञ्चालक, सल्लाहकार, अग्रज तथा समकालीन पत्रकार, पाठकवर्ग, विज्ञापनदाता र शुभेच्छुकप्रति संस्थाले आभार प्रकट गरेको छ। आगामी दिनमा पनि निरन्तर साथ र सहयोग रहने विश्वास कम्पनीले जनाएको छ।

यस वर्ष शब्दपत्रले बार्षिकोत्सव फरक ढंगले मनाएको छ। अर्जुनधारा–५ पानिकलस्थित समाजसेवी युवा क्लब परिसरमा पाँच वटा विभिन्न जातका वृक्षारोपण गरेर पाँचौं स्थापना दिवस मनाइएको हो।

शब्दपत्र प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरीका अनुसार, यस अवसरमा तीन जना सल्लाहकार चयन गरी उनीहरुलाई प्रमाणपत्र वितरणसमेत गरिएको छ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर
देशका धेरै ठाउँको मौसम बदली
मङ्गलवार, मंसिर १७, २०८२
आजको मौसम
शुक्रवार, मंसिर १३, २०८२