Aamsanchar

शिक्षामन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने

Author Image
मङ्गलवार, असोज ७, २०८२

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन आजदेखि मन्त्रालयमै बस्ने भएका छन् । सोमबार सपथ लिएर पदभार ग्रहण गरेपछि मन्त्री पुनले मन्त्रालयमै बस्ने व्यवस्था मिलाउन भनेका थिए । केशर महलमा नै बस्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ । ‘कोठा भेटियो । आज बेलुकाबाट मन्त्रीज्यू मन्त्रालयमै बस्नु हुन्छ । एक सेट सुत्ने खाने व्यवस्था हुन्छ,’ मन्त्रालयका सहसचिव अनिता निरौलाले भनिन् ।

सिंहदरबारभित्र रहेको मन्त्रालय जेनजी आन्दोलनमा जलाइपछि केशर महलबाट मन्त्रालयले सेवा प्रवाह गरिरहेको छ । ‘सेवामा असर नपर्ने गरी कोठा तयार पारिएको छ,’ उनले भनिन् ।

Views: 99

प्रतिक्रिया (०)

सम्बन्धित खबर