Aamsanchar

जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न कार्यकर्तालाई प्रचण्डकाे निर्देशन

Author Image
शुक्रवार, असोज १७, २०८२

काठमाडौं – नेकपा (माओवादी केन्द्र) को महाधिवेशन आयोजक कमिटीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर भारी वर्षा, बाढी, पहिरो र डुबानको जोखिम बढेकाले सतर्कता अपनाउन आह्वान गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले मौसम विभागको चेतावनीअनुसार विभिन्न क्षेत्रमा उच्च जोखिम देखिएकाले जनसमुदायलाई सुरक्षित रहन अपिल गरेका हुन्।

प्रचण्डले तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दै पार्टीका नेता–कार्यकर्तालाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशनसमेत दिएका छन्।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर