

काठमाडौं –नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ´फेक भिडियो`बनाएर भ्रम फैलाइएको बताएका छन् । आज कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति देउवाले आफ्नो घरमा ´पैसा जलेको` भिडियोलाई फेक बताएका हुन् ।

´अहिले जुन भिडियो आएको छ, त्यो फेक हो । फेक भिडियो बनाएर मेरो खिलाफमा काम भएको कुरा अहिले सामाजिक सञ्जाल आइसकेको छ । अरू देशको भिडियो काटेर ल्याएर मेरोमा हालिदिएछ,` उनले भने ।
उनले यसबारे छानबिन गरेपछि थप स्पष्ट हुने बताएका छन् । ´फेक भिडियो बनाएर मेरो चरित्रहत्या गर्ने काम भएको छ । यस सम्बन्धमा तत्काल छानबिन होस्,` उनले भने ।

Views: 87

