Aamsanchar

धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती : गृहमन्त्री

Author Image
शुक्रवार, असोज ३१, २०८२

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले पछिल्लो समयमा देखिएका धार्मिक र साम्प्रदायिक केही घटनाका कारण सुरक्षा चुनौती थपिएको बताएका छन् ।

७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।

‘पछिल्लो समय यता केही जिल्लाहरूमा देखिएको धार्मिक तथा साम्प्रदायिक विरोधका घटनाहरूले नेपाली समाजको विशेषता को रूपमा रहेको आपसी सद्‍भाव सहिष्णुता तथा भाइचारामा खलल पुर्‍याउने दुष्प्रयास गरेको देखिन्छ । यसले समग्र राष्ट्रको सुरक्षा व्यवस्थामा चुनौती थपेको छ’ मन्त्री अर्यालले भने ।

जसकारण यस्ता गतिविधिलाई रोक्ने बेलैमा लाग्न सुरक्षा निकायलाई निर्देशन समेत दिएका छन् ।

‘यस्ता गतिविधिलाई बेलैमा इन्टरभेन्ट गरी भविष्यमा पुनरावृत्ति हुन नदिन गम्भीरतापूर्वक लाग्न समेत निर्देशित गर्न चाहन्छु,’ मन्त्री अर्यालले भने ।

विगत केहि समय यता नागरिकमा बढेको असन्तुष्टि निराशाका कारण भाद्र २३ र २४ गते जेनजी युवा समूहद्वारा आयोजित विरोध प्रदर्शन र आन्दोलन अपेक्षा गरिए भन्दा फरक बन्न पुगेको पनि उनले बताए ।

Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर