Aamsanchar

१३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने विप्लवको चेतावनी

Author Image
बिहिवार, पौष १०, २०८२

काठमाडौं – नेकपा(माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन्।

बिहीबारबाट शुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए।

उनले समाजवादी संघीयता आजको नेपालको ढाँचा हुनुपर्ने उल्लेख गरे। अग्राधिकार सहितको संघीय संरचना बन्नुपर्ने, नेपालका सबै राज्यका अंगमा सबै जनताले अपनत्व ठान्ने गरी पुनःसंरचना हुनुपर्ने उनको माग छ।

महासचिव चन्दले अन्तरिम कालको नेतृत्व नेकपा (माओवादी) लाई दिए आन्दोलनकारी, जनता सबैलाई चित्त बुझ्दोगरी राज्यलाई निकास दिनेगरी पहल गर्ने पनि बताए। राजनीतिक शक्तिहरुको सहमतिबाट उपयुक्त निकास निकाल्न जरुरी रहेको बताए। अहिलेसम्म अपूर्ण रहेका कानूनी, राजनीतिक, प्रशासनिक सबै क्षेत्रका समस्यालाई सम्बोधन गरेर देशलाई निर्वाचनतिर लैजानुपर्ने उनको भनइ छ ।

महासचिव चन्दले नेपाली राजनीति र कम्यनिष्ट आन्दोलन भूराजनीतिको चपेटामा परेको दाबीसमेत गरे।

Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर