Aamsanchar

सुनको मूल्यमा आज पनि गिरावट

Author Image
बिहिवार, पौष १७, २०८२

काठमाडौं – नेपाली बजारमा सुनको मूल्यमा आज पनि गिरावट आएको छ। बुधबार १ हजार १०० ले घटेको सुन आज १ हजार ४०० रुपैयाँले घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १ हजार ४०० ले घटेर प्रतितोला २ लाख ५९ हजार ६०० कायम भएको छ। अघिल्लो दिन एक तोला सुनको मूल्य २ लाख ६१ हजार पुगेको थियो।

यस्तै चाँदी भाउ पनि घटेको छ। ५५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य ४ हजार ४१५ रुपैयाँ पुगेको छ। बुधबार सोही परिमाणको चाँदी ४ हजार ४७० रुपैयाँमा खरिदबिक्री भएको थियो।

Views: 348

प्रतिक्रिया (०)

सम्बन्धित खबर