

काठमाडौं – थाइल्यान्डमा निर्माणकार्यमा प्रयोग गरिएको एउटा क्रेन गुडिरहेको रेलमाथि खस्दा कम्तीमा २२ जनाको मृत्यु भएको छ।

यो दुर्घटना राजधानी ब्याङ्ककबाट पूर्वमा अवस्थित नाकोन राचसीमा प्रान्तमा बुधवार बिहान ९ बजेतिर भएको हो।
उद्धारकर्मीहरूले रेलको भग्नावशेषबाट शवहरू निकाल्ने काम अझै गरिरहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।
उक्त रेलमा १९५ यात्रु र कर्मचारी सवार रहेको थाइल्यान्डको रेल्वे विभागले जनाएको छ।

Views: 117

