

झापा – अधिवक्ता तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रतिनिधिसभा उम्मेदवार स्वागत नेपाल (भद्रप्रसाद नेपाल) लाई प्रहरीको केन्द्रीय साइबर ब्युरोले बोलाएको छ । साइबर ब्युरोका प्रवक्ता तथा एसपी दीपकराज अवस्थलीले नेपाललाई केही बुझ्नु पर्ने भएकाले बोलाइएको पुष्टि गरे ।

‘हामीले हिजै टेलिफोन गरेर उपस्थित हुन भनेका छौं । उहाँ आइपुग्नु भएको छैन,’ एसपी अवस्थीले भने । नेपालले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्तिका सम्बन्धमा बुझ्न बोलाइएको साइबर ब्युरोले जनाएको छ । उनीविरुद्ध कसले के सम्बन्धमा उजुरी दिएको हो भन्ने प्रहरीले केही खुलाएको छैन ।
५ माघमा राप्रपा प्रवेश गरेका नेपालले झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका छन् ।

Views: 215


