
काठमाडौं – नेपाली बजारमा बिहीबार (फागुन ७) सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा ४३ सय रुपैयाँ बढेको हो ।

आजका लागि प्रतितोला तीन लाख चार हजार ७०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।
अघिल्लो दिन (फागुन ६) तीन लाख ४०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य तोलामा १८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँ निर्धारण भएको छ ।
अघिल्लो दिन चार हजार ८८० रुपैयाँ थियो ।
Views: 155


