Aamsanchar

ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँगको भेटघाट गर्दै

Author Image
बुधवार, फागुन १३, २०८२

झापा – निर्वाचन प्रचार प्रसारका आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट गर्दैछन्।

बिहान दमक ९ को चिया दोकानमा साढे ९ बजे मतदाता भेटघाट कार्यक्रम राखिएको छ। पार्टीका झापा जिल्ला सचिव तुलसी कार्कीका अनुसार अध्यक्ष ओली आज मुख्यरुपमा गौरीगञ्ज केन्द्रित हुनेछन्।

गौरीगञ्जमा करिब ७ घण्टामा १२ वटा टोलका मतदतालाई भेटघाट गर्दैछन्। कार्कीका अनुसार ११ बजे देखि सुरु हुने गौरीगञ्जको कार्यक्रम अपरान्ह ५ बजे सकिनेछ।

यसबीचमा उनले गौरीगञ्ज ५ को श्ँयामा टोली, हरिरा, माथिल्लो दिनाभद्री, अल्ताबारी, दुर्गा मन्दिर ,नयाँ बजारका मतदतासँग भेटघाट र अन्तरक्रिया गर्नेछन्।

यस्तै बाह्रशुद्धी, लतिझुला, भवानीपुर र हुक्कागाछीमा मतदाता भेटघाट कार्यक्रम रहेको छ। कार्कीका अनुसार गौरीगञ्ज ३ मा बगुवातेलकानी,ठेकीटोला र तेलकानी टोलहरुमा मतदातासँग भेटघाट राखिएको छ।

यस अघि पनि सो क्षेत्रका मतदातासँग भेटघाट गरेका ओलीले आज पनि सो क्षेत्रका समस्या र मतदाताका गुनासा सुन्ने र समाधानका लागि प्रतिवद्धता जनाउनेछन्।

 

Views: 33

प्रतिक्रिया (०)

सम्बन्धित खबर