Aamsanchar

अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि

Author Image
सोमवार, फागुन १८, २०८२

काठमाडौं – अमेरिका, इजरायल र इरानको लडाइँपछि संसारभर तेलको कच्चा मूल्य वृद्धि भएको छ ।

एशियामा सोमबार बिहान बजार खुल्दा ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल दुवैमा १० प्रतिशतभन्दा बढी मूल्यवृद्धि दर्ज भएको छ । यद्यपि उक्त मूल्यवृद्धिमा पछि केही कमी आएको बीबीसीको हिन्दी अनलाइन संस्करणले जनाएको छ ।

बिहान ५ बजेसम्म ब्रेन्ट क्रुडको मूल्य लगभग नौ प्रतशित बढेर ७९.३० डलर प्रति ब्यारेल आसपास थियो । यस्तै नायमेक्स झण्डै ८.५ प्रतिशतको वृद्धिका साथ ७२.७० डलर प्रति ब्यारेलको आसपास रह्यो ।

ब्रेन्ट क्रुड र नायमेक्स लाइट स्वीट आयल तेलका दुई प्रमुख प्रकारका कच्चा (क्रुड) तेल हुन् । यी दुवैको अन्तर्राष्ट्रिय तेल बजारमा व्यापक रूपमा व्यापार हुन्छ । तेलको मूल्य निर्धारणका लागि यिनीहरूले मानक विन्दुका रूपमा काम गर्छन् ।

इरान र इजरायलबीच संघर्ष जारी छ । दुवै देशहरू एक–अर्कामाथि हमला गरिरहेका छन् । सबैभन्दा पहिलो इजरायल र अमेरिकाले शनिबार बिहान इरानमाथि हमला गरेको थियो ।

अमेरिका र इजरायलको हमलामा इरानका सर्वोच्च नेता आयोतुल्लाह अली खामेनीको मृत्यु भएको छ । यसका साथै इरानी सेनाका चिफ अफ स्टाफ अब्दुल रहीम मौसवी र रक्षामन्त्री मेजर जनरल अजीज नासिरजादेह लगायत पनि मारिएका छन् ।

Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर