Aamsanchar

इरानको हमलामा परी यूएईमा ज्यान गुमाएका नेपालीको परिचय खुल्यो

Author Image
सोमवार, फागुन १८, २०८२

काठमाडौँ – इरानको ड्रोन हमलामा परी युनाइटेड अरब इमिरेट्स(यूएई)मा मारिएका नेपालीको परिचय खुलेको छ। अबुधाबीस्थित नेपाली राजदूतावासले सोमबार मृतक गोरखाका २९ वर्षीय दिवस श्रेष्ठ रहेको खुलाएको छ।

‘अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा भएको घटनामा मिडिल इस्ट कम्पनीमा सेक्युरिटी गार्डको रूपमा कार्यरत नेपाली नागरिक श्री दिवस श्रेष्ठ (वर्ष २९, घर गोर्खा जिल्ला) को दुस्खद निधन भएको सम्बन्धमा युएईको परराष्ट्र मन्त्रालयबाट आधिकारिक जानकारी प्राप्त भएको छ,’ राजदूतावासको सूचनामा उल्लेख छ।

दूतावासले हालको परिस्थिति सहज भएपछि मृतक श्रेष्ठको पार्थिव शरीरलाई यथाशीघ्र नेपाल फिर्ता लैजाने लगायतका कार्यमा सहजीकरण गर्ने स्पष्ट पारेको छ।

Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर