

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौंँ क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरबाट मतदान गर्ने भएका छन् । रास्वपाको सचिवालयका अनुसार उनले बिहान ७ बजे मतदान गर्नेछन्।

त्यस्तै वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नेछन्।
भोलि(बिहीबार) प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

Views: 9


