Aamsanchar

मतदान गर्न झलनाथ आईपुगे इलाममा, पूर्वराष्ट्रपति र पूर्वराष्ट्रपति र प्रधानमन्त्रीले कहाँबाट भोट लगाउँछन् ?

Author Image
बुधवार, फागुन २०, २०८२

इलाम-  भोलि फागुन २१ गते बिहीबार देशभर प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको तयारी पूरा भएसँगै विभिन्न दलका शीर्ष नेताहरूले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम सार्वजनिक गरेका छन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भोलि बिहान ७ बजे काठमाडौँको बौद्धस्थित महाँकालमा रहेको जनकल्याण माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । उनी काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार हुन् ।

पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल भोलि हुने निर्वाचनमा मतदान गर्न गृहजिल्ला इलामतर्फ प्रस्थान गरेका छन् । उनीसँगै उनका छोरा निर्भिक खनाल पनि मतदानका लागि इलाम गएका छन् ।

त्यसैगरी, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पनि भोलि बिहान ७ बजे मतदान गर्ने कार्यक्रम तय भएको छ । उनले बुढानीलकण्ठ नगरपालिका–२ स्थित साविक गाविस भवन (चपली घुम्ती)मा रहेको मतदान केन्द्रबाट मताधिकार प्रयोग गर्नेछिन् । प्रधानमन्त्री सुशीला कार्कीले धापासीस्थित टोखा नगरपालिकाबाट मतदान गर्ने बताइएको छ ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौँको महाङ्कालस्थित पानी ट्याङ्की छेउबाट मतदान गर्ने भएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्थासहित आवश्यक तयारी पूरा भइसकेको छ ।

Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर