

काठमाडौं- फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको मतपरिणाम अनुसार प्रत्यक्ष र समानुपातिकमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि छ। निर्वाचन आयोगका अनुसार अधिकांश निर्वाचन क्षेत्रमा रास्वपाकै अग्रता छ।

यो समाचार तयार गर्दासम्म १६५ निर्वाचन क्षेत्रमध्ये रास्वपाले १२२ सिट, कांग्रेसले १७ सिट, एमालेले ७ सिट, नेकपाले ७ सिट, श्रम संस्कृति पार्टीले ३ सिट, राप्रपाले १ सिट र स्वतन्त्र उम्मेदवार महावीर पुनले एक सिट जितेका छन्।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ ५६ लाख ८४हजार ३४७ मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले २७ लाख ८९ हजार ३५८ मत, नेपाली काँग्रेसको ९ लाख ३८,३९७, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ८ लाख ११,४६३ मत प्राप्त गरेका छन्। यसैगरी, नेपाली कम्युनिष्ट पार्टीले ३ लाख ८७,२६१, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख २,०३४, श्रम संस्कृति पार्टीले १ लाख ५२ हजार २८७ मत प्राप्त गरेको छ। समानुपातिक सिट प्राप्त गर्न दलले सदर मतको ३ प्रतिशत थ्रेस होल्ड कटाउनुपर्छ।



