

काठमाडौँ – स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला तीन हजार ८०० रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँ कायम भएको छ। सोमबार एक तोला सुन रु तीन लाख १३ हजार २०० रुपैयाँ थियो।
यस्तै चाँदी सोमबारभन्दा ३१० ले बढेर पाँच हजार ७२० निर्धारण भएको छ। सोमबार पाँच हजार ४१० मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार १४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ। चाँदी ८७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
Views: 68


