

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनचाँदीको भाउ घटेको छ। आज सुन तोलामा २ हजार रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बुधबार सुन प्रतितोला ३ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, बिहीबार चाँदी तोलामा २०५ रुपैयाँले घटेको छ। आज चाँदी प्रतितोला ५ हजार ५१५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियो।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ।
प्रकाशित मितिस् बिहीबार, फागुन २८, २०८२ ११स्०४
Views: 13


