

काठमाडौं – जय ट्रफी इलिट कपको उपाधि खेल आज सुरु हुँदैछ।

दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा बिहान साढे ९ बजे सुरु हुने भनिए पनि मैदान भिजेका कारण अझै टस हुन सकेको छैन । फाइनल ३ दिवसीय हुनेछ। लिग राउन्ड २ दिवसीय भएको थियो।
ट्रफी अन्तर्गत प्रतिनिधिसभा निर्वाचनअघि राउन्ड रोबिन लिग सकिएको थियो। ४ टोली सहभागी हुन ट्रफीमा आर्मी ६६ अंकसहित शीर्ष र ६५।५ अंकका साथ पुलिस दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका थिए।

लिगका ३ खेलमा आर्मीले १ खेलमा जित र २ मा बराबरी खेलेको थियो। २ खेल जितेको पुलिसले १ खेल हारेको थियो।
Views: 16


