

काठमाण्डौ – विश्वकपका आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिको सार्न इरानले गरेको अनुरोध विश्व फुटबलको सर्वोच्च निकाय फिफाले अस्वीकार गरेको छ ।

अमेरिका–इजरायलको संयुक्त युद्धका कारण इरानले आफ्ना खेलहरू अमेरिकाबाट मेक्सिको सार्न फिफासमक्ष अनुरोध गरेको थियो । फिफाले यही वर्ष हुने विश्वकपका खेलहरू गएको वर्ष घोषणा गरिएको तालिकाअनुसार हुने बताएको छ ।
गएको फेब्रुअरी २८ मा अमेरिका–इजरायल र इरानबीच युद्ध शुरू भएपछि विश्वकपमा इरानको सहभागिता शङ्कास्पद बनेको छ ।

२३औँ संस्करणको फिफा विश्वकप आउँदो जुन ११ देखि जुलाईसम्म अमेरिका, मेक्सिको र क्यानडामा संयुक्त रूपमा आयोजना हुँदैछ । फिफा विश्वकप पहिलो पटक तीन वटा देशमा हुन लागेको हो ।
४८ वटा टोली सहभागी प्रतियोगितामा इरान समूह ‘बी’ मा छ । इरानले जुन १५ मा न्युजिल्यान्ड, जुन २१ मा बेल्जियम र जुन २६ मा इजिप्टसँग खेल्ने तालिका छ ।


