Aamsanchar

कमजोरी नसुधारे अर्को पटक एमाले एउटा स्कुटरमा अट्ने अवस्थामा पुग्छ : सुरेन्द्र पाण्डे

Author Image
शनिवार, चैत ७, २०८२

रुपन्देही – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले कमजोरी सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने जति हुन सक्ने बताएका छन्। शनिबार बुटवलमा आयोजित एक कार्यक्रममा उनले पहिला ३/४ वटा बसमा आउने एमाले अहिले माइक्रोमा अट्ने भएको र कमजोरी नसुधारे भोलि एउटा स्कुटरमा अट्ने अवस्थामा पुग्न सक्ने बताएका हुन्। एमालेकै कुरा गर्ने हो भने २०७४ सालमा १७४ सिट जितेर दिग्विजय हासिल गर्‍यौं भन्ने थियो । तर जोगाउन सकेनौं। कम्युनिस्टहरू पहिला ३र४ वटा बसमा आउँथे। ०७९ हुँदा एउटा बसमा आउने भयौं, अहिले एउटा माइक्रो बसमा अट्ने भयौुं, उनले भने, ´यस्तै अवस्था हो भने अर्को पटक स्कुटरमा आटाउँछौँ।`

नेतृत्वले कमजोरी सुधार्न निर्मम नबन्ने हो भने पार्टीहरुले अबका निर्वाचनमा टिकट लिने व्यक्ति समेत नपाउने नेता पाण्डेले बताए। उनले भने, ´नेतृत्वले कमजोरी स्वीकार गर्ने र त्यसलाई सच्चाउन नखोज्ने हो भने हार्ने निर्वाचन लड्न कोही कार्यकर्ता किन जान्छ!`

Views: 9

प्रतिक्रिया (०)

सम्बन्धित खबर