Aamsanchar

प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल

Author Image
मङ्गलवार, चैत १०, २०८२

काठमाडौं – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा आज पनि दुई खेल हुँदैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे सुरु हुने खेलमा बागमती प्रदेश र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ। पहिलो खेलमा एपीएफसँग पराजित बागमती आज पहिलो जितको खोजीमा रहँदा गण्डकी विजयी सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रिँदैछ।

यस्तै बिहान ९ बजे नै मुलपानी क्रिकेट मैदानमा दुई विभागीय टोली एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ।

एपीएफ लगातार दोस्रो जितको लक्ष्यमा छ भने पहिलो खेलमा त्रिभुवन आर्मीसँग पराजित भएको पुलिस क्लब आज पहिलो जितको खोजीमा हुनेछ।

यसअघि हिजो भएका खेलमा लुम्बिनी प्रदेशले कोशी र सुदूरपश्चिमले कर्णाली प्रदेश विरुद्ध प्रभावशाली जित निकालेका थिए।

Views: 14

प्रतिक्रिया (०)

सम्बन्धित खबर