

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै प्रहरीमा उजुरी दिएका छन् ।

साम्पाङले एक युवतीविरुद्ध उजुरी दिएका हुन् । साम्पाङले सुनिता खड्का नाम गरेकी युवतीले सामाजिक सञ्जाल टिकटक, फेसबुकमार्फत ज्यान मार्ने धम्की दिएको भन्दै प्रहरीमा उजुरी दिएका हुन् ।
साम्पाङले आफ्नो फेसबुक पेजमार्फत सुनिताविरुद्ध प्रहरीको साइबर ब्युरोमा दिएको उजुरी पनि सार्वजनिक गरेका छन् ।

Views: 30


