Aamsanchar

झापामा ट्राफिकको कडाइः ‘प्रेसर हर्न’ विरुद्ध अभियान तीव्र, ७३ हटाइए, ११ सवारी कारबाहीमा

Author Image
मङ्गलवार, चैत १७, २०८२

झापा — सवारी सञ्चालनका नियम सबैलाई थाहा हुँदाहुँदै पनि जानाजान उल्लंघन गर्ने प्रवृत्ति नघट्दा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। ट्राफिक कारबाहीलाई ‘अपमान’ ठान्ने चेतनाको अभावले एउटै चालकबाट बारम्बार गल्ती दोहोरिने अवस्था कायम छ।

यही पृष्ठभूमिमा ध्वनि प्रदूषण नियन्त्रण गर्न झापा ट्राफिक प्रहरीले ‘प्रेसर हर्न’ विरुद्ध कडाइका साथ अभियान अघि बढाएको छ। सवारी साधनमा जडान गरिएका अत्यधिक ठूलो आवाज दिने हर्न, संकेत धुन र बाजा हटाउने कार्यलाई तीव्रता दिइएको हो।

अभियान अन्तर्गत आज मात्र जिल्लाका विभिन्न स्थानबाट ७३ वटा प्रेसर हर्न हटाइएको छ। साथै, ट्राफिक नियम उल्लंघन गर्ने ११ वटा सवारी साधनलाई कानुनअनुसार कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए।

प्रहरीका अनुसार प्रेसर हर्नबाट निस्कने कडा ध्वनिले केवल सडक अनुशासन भंग मात्र गर्दैन, यसले ध्वनि प्रदूषण बढाएर सर्वसाधारणको स्वास्थ्यमा समेत गम्भीर असर पु¥याउँछ।

ट्राफिक प्रहरीको चेतावनी छ— नियम उल्लंघन गर्ने, विशेष गरी प्रेसर हर्न जडान गर्ने र अनावश्यक ध्वनि प्रदूषण फैलाउने सवारीमाथि अब निरन्तर र थप कडाइका साथ निगरानी र कारबाही गरिनेछ।

Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर