

काठमाडौं – नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मुल्य तोलाको ७४ सयले बढेर तोलाको २ लाख ९७ हजार ६ सयमा कारोबार भइरहेको छ।
यसअघि मंगलबार सुन तोलाको २ लाख ९० हजार २ सयमा कारोबार भएको थियो।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले बढेर ४९४५ मा कारोबार भइरहेको छ।

यसअघि मंगलबार चाँदी तोलाको ४८४५ मा कारोबार भएको थियो।
Views: 142


