Aamsanchar

झापाको अर्जुनधाराबाट ब्राउन सुगरसहित तीन जना पक्राउ

Author Image
बुधवार, वैशाख ९, २०८३

बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकाबाट प्रहरीले ठुलो परिमाणको लागुऔषध ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा छापा
आज (बुधबार) बिहान करिब ०४ः०० बजेको समयमा अर्जुनधारा नगरपालिका वडा नं. ११ स्थित बगान क्षेत्रमा लागुऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा, अस्थायी प्रहरी पोष्ट बसपार्क र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त स्थानमा छापा मारेको थियो।

बरामद लागुऔषध र सामग्री
प्रहरी टोलीले शंकास्पद व्यक्तिहरूलाई खानतलासी गर्दा लागुऔषध ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ फेला पारेको हो। मान्यता प्राप्त डिजिटल तराजुमा तौल गर्दा प्लास्टिक बाहेक उक्त पदार्थको तौल २७ ग्राम ८३० मिलिग्राम रहेको प्रहरीले जनाएको छ। लागुऔषधसँगै प्रहरीले बा ४० प ३९९४ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ।

पक्राउ पर्ने व्यक्तिहरू
प्रहरीले लागुऔषध ओसारपसार र बिक्रीमा संलग्न रहेको आरोपमा निम्न व्यक्तिहरूलाई पक्राउ गरेको छः
१. अर्जुनधारा न.पा.– ११ बस्ने वर्ष २५ का संजोग राई।
२. सोही स्थान बस्ने वर्ष २५ का रुपेश दर्जी।
३. सोही स्थान बस्ने वर्ष ३७ का अमृत दर्जी।

पक्राउ परेका तीनै जना र बरामद मोटरसाइकललाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

Views: 12

प्रतिक्रिया (०)

सम्बन्धित खबर