Aamsanchar

प्रधानमन्त्री बालेन्द्र शाहाको कालो रंगमा मोह !

Author Image
शनिवार, जेठ २, २०८३

प्रधानमन्त्री वालेन्द्र शाहको कालो रंगमा मोह देखिएको छ । उनले लगाएको कपडाको रंग र हेर्ने आखा माथि पनि कालो चस्मा छ । वालेन्द्र शाह मेयर बन्दै प्रधानमन्रि सम्म आइपुग्दा नेपाली जनताले उनलाइ कालो कपडा र कालो चस्मामा देख्दै आएका छन । तत्कालिन गठवन्धन को सरकार जस्को नेतृत्व एमालेका केपी ओलीले गरेका थिए । त्यही सरकारको विरुद्ध जेनजीले आन्दोलन गरेका थिए । अहिले जेनजी बाटै प्रधानमन्त्री बनेका छन कालो कपडा र कालो चस्मा मोह भएका वालेन्द्र शाहा ।

सरकारको विरोध गर्नु पर्दा विरोधिहरुले कालो झन्डा देखाउने गरेका छन । गणतन्त्रिक संविधान घोषणा हुदै गर्दा त्यही दिनलाइ कालो दिन भनेर भन्नै केही समुह पनि छन ।
कालो रंगलाइ विरोधको रुपमा लिने गरिन्छ । उज्यालोको विरोधी हो कालो रंग । २०१७ साल पौष १ गते लाइ पनि कालो दिन भनिन्छ । दरबार हत्याकण्डको दिनलाइ पनि कालो दिन भन्ने गरेका छन भने ७२ सालको भुकम्पलाई पनि कालो दिनको रुपमा सम्झना गर्छन ।

नकरात्मक शक्ति बोध पनि कालै रंगमा छ र हुन्छ भनिन्छ । प्रकासको पुर्ण अनुपस्थितिमा नै कालो हुन्छ । सामान्यतया कालो रंगले हिंसा,द्वेस, विद्रोह रहस्य र दुखलाइ संकेत गर्छ । पस्चिमी र अमेरिकीहरुले कालाजातीलाइ राम्रो मान्दैनन । विभेद गरेको देखिन्छ । अझ कति विज्ञापनहरु त तपाइको कालो छालालाइ गोरो बनाउने मलम भनेर विज्ञापन पनि आएको देखिन्छ ।

अन्तत कालोलाइ राम्रो मानेका छैनन । सपनामा समेत देखिने कालो रंगलाई शुभ मान्दैनन । कालो काग कालो भैसी लगायत काला वस्तु हरु सपनामा देख्नु पनि सुभ मान्दैनन । तर
काली साधना गर्ने र शनी साधना गर्नेहरु कालै पोषाकमा हुन्छ्न धेरै तन्त्र साधनामा कालो कपडानै प्रयोग गर्ने गरेका छन र यसै रंगलाइ शुभ र सिद्धि कारक मान्छन । यसै कारण आध्यात्मिक तन्त्र साधनामा कालो रंगकै पोषाक प्रयोग गर्छन । अदृस्य सक्ति साधनामाको तन्त्रमा कालो कपडाको पोषाक भएपनि राजनीतिक तन्त्रमा कालो रंग अत्यन्त न्युन प्रयोग हुने गरेको छ । यसै कारण राजनीतिमा कालो रंगलाइ नकरात्मक वोध गर्छन । विधी र प्रकृयाको विपरित हुने प्रकृयानै कालो रंगमा हुन्छ । लोकतन्त्रको र स्वतन्त्रताको सुरक्षाको लागी यो रंगलाइ राम्रो मान्दैनन ।

प्रधानमनत्री बालेन्द्र शाहाले आफ्नो सपथ ग्रहण समारोहमा हिन्दु सनातन धर्मका केही वटुकहरु र बौद्ध धर्मवल्म्बीहरुबाट स्वस्ति वाचन गर्दै सपथ ग्रहण गर्दा समेत राष्ट्रिय पोषाकमा उपस्थित नभएर कालो रंगकै पोषाक र कालो चस्मामा देखिएका थिए । यो शुभ कार्यमा समेत उनको यो कालो रंगको मोह अझ बढी देखिएको थियो ।

हाम्रा प्रधानमनत्रीको कालो रंग को मोहले भय पैदा गराउछ । अहिले वर्गिय संगठनहरु खारेज गर्ने, ट्रेडयुनियन खारेज गर्ने, संचार क्षेत्रलाई उपलव्ध गराउदै आएको विज्ञापनको रोक, संबैधानिक परिषदको नियमावली संशोधन गरि आफ्नो अनुकुल हुने गरी संशोधन गर्नु । नीति तथा कार्यक्रम राष्ट्रपतिवाट वाचन हुदै गर्दा उठेर हिड्नु । उनको कालो रंगको मोहको प्रभावले नै देखिएको हो की ? अझ आफ्नै क्याविनेटबाट निर्णय गरी अधिवेशन आव्हान गर्न राष्ट्रपति समक्ष पठाएको निर्णय पुन अधिवेशन स्थगनको निर्णय गरी राष्ट्रपति समक्ष पठाउनु र धमाधम अध्यादेश जारी हुनु संसदको सर्वोच्चताको अवहेलना मात्रै हैन संसदमै विस्वास नगरेका हुन की ? अहिलेको मौजुदा राजनीतिक व्यवस्था विरुद्ध बालेन्द्र शाह गए भने पनि उनको शैलि र कालो रंगको मोह विचार गर्ने हो भने वर्तमान राजनीतिक व्यवस्था विरुद्ध त छैनन ? यदी यस्तो भयो भने कुनै आस्चर्य मान्नु पर्दैन । कालो रंग भनेकै विद्रोह हो । अहिले सुकुमवासी बस्तिमा डोजर आतंक यसैको परिणाम पनि हो ।
रास्वपामा उनि वरिष्ठ नेता छन । अध्यक्ष रवि लामिछाने अहिले रास्वपा भित्र प्रधानमन्त्री बालेन्द्र शाहाको कालो रंगको मोहको कालो छाया रास्वपा र अध्यक्ष रवि लामिछाने मा परेको छ । छायाँमा परेको कुनै पनि विरुवा फस्टाउदैन अब रास्वपा र अध्यक्ष रवि लामिछानेमा प्रधानमन्त्रिको छायाँ परेको छ । केही महिना भित्र हुने भनिएको रास्वपाको अधिवेशनमा प्रधानमन्त्री बालेन्द्र अध्यक्ष भए भने पनि त्यही कालो रंगको मोहको परिणाम हो भनेर बुज्दा हुन्छ ?

 

Views: 28

प्रतिक्रिया (०)

सम्बन्धित खबर