Aamsanchar

बिर्तामोड इनोभेटिभ युथ क्लब गठन

Author Image
सोमवार, जेठ ४, २०८३

बिर्तामोड । झापाको बिर्तामोडमा “बिर्तामोड इनोभेटिभ युथ क्लब” गठन गरिएको छ ।

आइतबार भगवानचोकस्थित एक सभाहलमा सम्पन्न भेलाले रोजन तिम्सिनाको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो ।

क्लबको उपाध्यक्षमा निकेश भट्टराई, सचिवमा जीवन खतिवडा, उपसचिवमा रश्मित काफ्ले तथा कोषाध्यक्षमा पूर्णिमा खनाल चयन भएका छन् । त्यसैगरी बोर्ड सदस्यहरूमा जीवन दाहाल, मनोज न्यौपाने, अनिश घोष र श्रृती अधिकारी रहेका छन् ।

२२ जनाको सहभागिता रहेको भेलाले सामाजिक कार्य, नेतृत्व विकास तथा युवा लक्षित कार्यक्रम सञ्चालनलाई क्लबको मुख्य उद्देश्य बनाएको जनाएको छ ।

Views: 56

प्रतिक्रिया (०)