Aamsanchar

तत्काल वकिलको शुल्क तोक्न राप्रपा सांसद लामाको माग

Author Image
सोमवार, जेठ ११, २०८३

काठमाडौँ – प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद सरस्वती लामाले कानून व्यवसायीहरुको पनि सेवा शुल्क निर्धारण गर्न सरकारसँग माग गरेकी छिन्।

सोमवार सिंहदरवारमा बसेको संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले उक्त माग गरेकी हुन्।

न्यायका लागि सेवा शुल्क अति महंगो भएकाले सरकारले कानून व्यवसायीहरुको सेवा शुल्क निर्धारण हुने गरी तत्काल कानून निर्माण गर्न आवश्यक रहेको सांसद लामाको तर्क थियो।

त्यसैगरी उनले कानून व्यवसायीहरुले पनि सेवा शुल्क बापत कर दिनुपर्ने अनिवार्य व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए।

Views: 22

प्रतिक्रिया (०)

सम्बन्धित खबर