
काठमाडौं – भारत शतप्रतिश जितसहित सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा भारतले किर्गिस्तानविरुद्ध ३–० को सोझो सेटमा जित निकालेको हो ।
भारतले एकतर्फी पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पार्यो । दोस्रो सेट भने निकै प्रतिस्पर्धात्मक बनेको थियो । उक्त सेटमा भारत २६–२४ ले विजयी भयो ।

भारतले तेस्रो सेटमा २५–१३ को सहज जित निकाल्यो । जितसँगै तीन खेलमा आठ अंक जोडेको भारत समूह ‘ए’ को विजेता बन्यो । किर्गिस्तान समान खेलबाट तीन अंकका साथ तेस्रो स्थानमा रह्यो । यसअघि भारतले नेपाल र माल्दिभ्सलाई हराएको थियो । माल्दिभ्स्लाई हराएको किर्गिस्तान नेपालसँग पराजित भएको थियो ।
भारतको जितसँगै तीन खेलबाट सात अंक जोडेको नेपाल समूहको उपविजेता बनेको छ ।
अब आजै हुने इरान र काजकिस्तानबीचको खेलबाट समूह ‘बी’को विजेता र उपविजेताको टुंगो लगाउने छ । त्यसपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।
किर्गिस्तानले अब वरीयताका लागि बंगलादेशको सामना गर्नेछ । कप्रिय ब्रान्डका विशेष अफरहरू समावेश गरिएका छन्। साथै फुडमाण्डु, क्रिम बेल, सेकुवा बाइ किलो, डाउनटाउन पिज्जा, पिज्जा नेसन र त्रिसरा जस्ता चर्चित साझेदारहरू पनि यस उत्सवमा सहभागी रहेका छन्।


