Aamsanchar

भारतमा जारी साफ महिला च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

Author Image
सोमवार, जेठ ११, २०८३

काठमाडौं –भुटानविरुद्ध १–० को कठिन जित निकाल्दै नेपालले भारतको गोवामा आजदेखि सुरु भएको साफ महिला च्याम्पियनसिपमा विजयी सुरुआत गरेको छ । यो जितसँगै समूह ‘ए’ मा रहेको नेपालले तालिकामा पहिलो तीन अंक जोडेको छ ।

भारतको गोवास्थित जवहरलाल नेहरु रंगशालामा भएको उक्त खेलमा नेपाललाई जित दिलाउन रक्षक गीता राना निर्णायक बनिन् । उनले २३औँ मिनेटमा अग्रता दिलाएको अग्रतालाई अन्तिम समयसम्म जोगाउँदै नेपालले जित निकालेको हो ।

नेपालले जितबाट सेमिफाइनल छनोट सम्भावना पनि बलियो बनाएको छ । अब दोस्रो खेलमा नेपालले श्रीलंकासँग खेल्ने तालिका छ ।

हारसँगै भुटानले भने प्रतियोगितामा खराब सुरुआत गरेको छ । साथै, भुटानको सेमिफाइनल छनोट सम्भावना पनि कमजोर बनेको छ ।

Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर