Aamsanchar

लिम्बुवानको बन्दका कारण पूर्वको जनजीवन प्रभावित

Author Image
आइतवार, साउन २२, २०७४

 झापा,

राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज आह्वान गरेको वन्दका कारण झापा सहित अरुण पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

परिषदको बन्दका कारण पूर्वका झापा,ईलाम पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, तेहथुम, धनकुटा, र संखुवासभा गरी ९ जिल्लामा यातायात र बजार पसल ठप्प रहेका छन् । प्रेस, कूटनीतिक नियोगका गाडी, दमकल र एम्वुलेन्सबाहेक कुनै पनि सवारी साधन चलेका छैनन् । बजार, पसल, शैक्षिक संस्था र कलकारखाना पनि बन्द छन् ।

साउन २२ गतेलाई कालो दिन मान्दै आएको राष्ट्रिय जनमुक्ति पार्टी लिम्बुवान राज्य परिषद्ले आज ९ जिल्ला बन्द आह्वान गरेको हो । बन्दलाई लिम्बुवान क्रान्तिकारी पार्टीले पनि ऐक्यवद्धता जनाएको छ । १८३१ साल साउन २२ गते कै दिन लिम्बुवानको तत्कालिन गोर्खासँग भएको नुनपानी सन्धीले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई परिषदले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

२०६६ सालदेखि आजैको दिनलाई कालो दिन मान्दै परिषद्ले लिम्बुवान क्षेत्र बन्द गर्दै आएको हो । बन्दका कारण झापाको कांकरभिट्टा, धुलाबारी, बिर्तामोड, दमक, चन्द्रगढी लगायतका शहरहरु बन्द रहेका छन् भने यातायात पनि सञ्चालन हुन नसकेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बन्दकाकारण शैक्षिक संस्थाहरु समेत बन्द भएको जनाइएको छ । बन्दकर्ता सडकमा नदेखिए पनि बन्दको प्रभाव भने परेको प्रहरीले जनाएको छ ।

Views: 207

प्रतिक्रिया (०)

सम्बन्धित खबर