Aamsanchar

बिर्तामोड उद्योग बाणिज्य संघको मतदान ( फोटो फिचर )

Author Image
आइतवार, साउन २२, २०७४

झापा विर्तामोड उद्योग बाणिज्य संघको चुनावले निक्कै चर्चा पाउने गरेको छ । यस बर्ष नया“ कार्य समितिकोलागी भइरहेको निर्वाचनमा तिन वटा प्यानल खडागरी व्यवसायीहरुका अगुवाहरुले उम्मेदवारी दिएका छन । उम्मेदवारी दिनेहरुमा कुमार भट्टाराई नेतृत्व रहेको लोकतान्त्रिक व्यवसायिक र हनुमान मित्तल नेतृत्व रहेको संयुक्त व्यवसायीहरुको प्यानल र हरि प्रसाईको स्वतन्त्र युवा व्यवसायिक प्यानल निर्वाचनमा हेमिएको छ ।
आज जारी भईरहेको मतदान निक्कै मर्यादिन त व्यवस्थित रुपमा संचालन भईरहेको छ । गएका निर्वाचनमा भन्दा यस पटकको मतदान केन्द्र अतिथि सदनमा उच्च सुरक्षा र व्यवस्तापनलाई अवलम्वन गरिएको पाईन्छ । वीरता जेसीजका पुर्व अध्यक्ष, अग्रशेन भवनका समेत अध्यक्ष भईसकेका शिवकुमार अग्रवालको संयोजकत्वमा गठित निर्वाचन समिति विर्तामोड क्षेत्रमा  आज सम्म भईरहेको धेरै संघसंस्थाको निर्वाचनलाई हेर्दा उद्योग बाणिज्य संघको  निर्वाचन मण्डल  कृयाशिल रहेको  मतदाता व्वसायीहरु बताउछन ।

मतदान गर्दै लोकतान्त्रिक व्यवसायिक साझा प्यानल तर्फका अध्यक्ष पदका उम्मेदवार कुमार भट्टराई

संयुक्त व्यवसायिहरुको  प्यानल तर्फका अध्यक्ष पदका उम्मेदवार हनुमान मित्तल

स्वतन्त्र युवा व्यवसायिक प्यानलको तर्फवाट अध्यक्ष पदका उम्मेदवार हरि प्रसाई

मतदाता संग मतमाग्दै जनसम्पर्क उपाध्यक्ष पदकी उम्मेदवार पार्वता विमली

मतदानकालागि लाईनवद्ध मतदाताहरु

आफ्नो पक्षका उम्मेदवारलाई मतदान गर्न मतदाता संग अनुरोध गर्दे प्यानलका समर्थकहरु

फोटो : विनोद पाण्डे(कमल)/आमसंचार

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर