Aamsanchar

तिजको दिन घरमै बोलाएर ७० परिवार बाढी पिडितलाई राहत वितरण गरे निलडेविडले

Author Image
बिहिवार, भदौ ८, २०७४

चारपाने, भदौ ८ ।
एक हप्ता अघि आएको बाढीका कारण पूर्वी नेपालको जनजिवन कष्टकर बन्यो, बाढीकै कारण कतिले ज्यानै गुमाउनु पर्यो भने कति वेपत्ता भए । त्यस्तै धेरैले घरबार, खाद्यन्न, पशुचौपाय समेत गुमाउनु पर्यो । बाढी पछिको जनजिवन समान्य बन्दै गएपनी खाने अन्न र बस्ने घर समेत गुमाउन पुगेका बाढी पिडित परिवारहरुलाई नेपालका चर्चित व्यक्तिहरुले समेत पछिल्लो समय राहात वितरणको कार्यलाई तिव्रता दिएका छन ।

आफ्नो जन्मिएको ठाउ“ स्वर्ग भन्दापनी प्यारो हुन्छ अझ त्यस ठाउ“मा गरिने सामाजिक कार्यले पुण्य प्राप्त हुन्छ भन्ने सम्झिएर उनिहरुले आफ्नो ठाउ“का बाढीपिडितहरुका चहर्याई रहेका घाउहरुमा मलमपट्टी समेत गर्न थालेका छन । यसै क्रममा चर्चित हेयर स्टाईलिष्ट निलडेविड कटुवालले विहिबार घाग्राखोलामा आएको बाढीका कारण पिडित बनेका कनकाई ८ को सिमा क्षेत्र विर्तामोड नगरपालिका २ बालुवाटार सुकुम्बासी बस्तीका ७० घर परिवारलाई राहत वितरण गरेका छन ।

 

झापा कनकाई नगरपालिका–८ लक्ष्मीपुरका कटुवालले सामजिक उत्तरदायित्व अन्तरगत राहत वितरण गरेका हुन । उनले प्रतयेक परिवारलाई खाद्यान्न र लत्ताकपडा प्रदान गरेका थिए । बाढी आएको केहिदिनपछि देखिनै राहात वितरणमा सक्रिय देखिएका कटुवालले गायक प्रमोद खरेल, नवगायिका शुशिला पाठक, संगितकार गौरव दर्पण, बिक्रम थापा, सागर पौडेल, सन्तोष उपाध्याय लगायतको सहकार्यमा झापाका कचनकवल, मदरगा“छ, बनियानी, भौसाबारी, मोरङको सुनबर्सीका गरी चारसय भन्दा बढी पिडित परिवारलाई राहत वितरण गरिसकेका छन ।

आफ्नै निजी निवासमा आयोजित कार्यक्रममा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, वडा नं. ८ का अध्यक्ष प्रेम कटुवालले निल डेविडले गरेको कार्यको प्रसंसा गरेका थिए । कार्यक्रममा निल डेविडकी आमा तुलसादेवी कटुवाल, नगर प्रमुख पोखरेल, वडा अध्यक्ष कटुवाल, वडा सदस्य सुर्यमान भारती लगायतले राहत वितरण गरेका थिए ।

कार्यक्रममा निलडेविडले तपाई म र हामी मिलेर विपतिमा परेकालाई सहयोग गरों भन्ने अभियान संचालन गरी नेपालगंजका बाढी पिडित परिवारहरुलाई राहत वितरण गर्ने समेत जानकारी दिए

 

 

 

Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर