Aamsanchar

नेपाली काँग्रेसका नेता डा. रामशरण महतको गाडी एम्बुसमा, पाँच घाइते

Author Image
शुक्रवार, मंसिर १, २०७४

काठमाण्डाैं ।  नेपाली काँग्रेसका नेता डाक्टर रामशरण महतको गाडी एम्बुसमा परेको छ । नुवाकोट दुई नम्बर क्षेत्रका उम्मेद्वार महत चढेको गाडीमा आक्रमण हुँदा उहाँ सकुसल रहे पनि उहाँका पाँच जना  कार्यकर्ता घाईते भएका छन् । मत माग्न जाने क्रममा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर सातमा महतमाथि आक्रमण भएको हो ।

घाइते हुनेहरुमा उपेन्द्र मिश्र  भेषकुमार तामाङ, रमेश राइको परिचय खुलेपनि अन्य दुइ जनाको नाम खुल्न सकेको छैन । बा १६ च ६६५ नम्बरको गाडी एम्बुसमा परेको बताइएको छ । घाईतेहरुलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइदैछ । घटना बारे थप जानकारी आउन बाँकी रहेको छ । चुनाव नजिकीए संगै श्रृखलावद्ध घटनाहरु पनि वढन थालेको छ ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर