Aamsanchar

पशु, कृषि र शिक्षालाई आधार क्षेत्र बनाउछौं प्रमुख राना

Author Image
बिहिवार, भदौ २८, २०७५

खुदुनाबारी, 

अर्जुनधारा नगर प्रमुख हरि कुमार रानाले राज्यले रुपान्तरण गरेअनुरुप कृषि, पशु र शिक्षा क्षेत्रमा व्यवस्थित गर्दै अनुकूल वातावरण र प्रोत्साहन गर्ने लागि परेको बताएका छन् ।

अर्जुनधारा–२ वडालाई पशु आधार क्षेत्र कार्यक्रमलाई सम्बोधन कार्यक्रममा उक्त कुरा बताएका हुन् । पशु पेशा प्रति मोह घटेको कारण नगरले आ.ब. ०७५÷०७६ मा २ नम्बर वडालाई विशेष पशु पकेट क्षेत्र निर्धारण गरिएको हो । प्रमुख रानाले भने– दिर्घकालिन सोचका साथ कृषि पेशामा आस्था जगाउने काम गर्दैछौं । त्यसैले शिक्षा र कृषि क्षेत्रलाई सु–व्यवस्थित गर्ने वडा–५ र ८ लाई आधार क्षेत्र बनाएर काम गर्ने लक्ष्य बनाइसकेका छौं ।

कृषि पेशामा आधुनिकरण गर्नेकालागि ढिलामा बस्ने किसान होइन, हिलामा पसेर काम गर्ने किसान आवश्यक छ । उनले भने– क्रियाशिल सोच, विचार, मिहेनती हात पौरखी श्रमले आफ्नो उर्वर भूमिलाई उत्पादनमूलक बनाउनु पर्नेमा जोड दिए ।

नीति बिधि निर्माण गर्ने काम जनप्रतिनिधिको हो । जनताको समृद्धको लागि निर्वाचित जनप्रतिनिधिको एकमना एकता रहेको प्रमुख रानाले बताए । प्रत्येक वडालाई टोलमा विभक्त गरिसकेको बताउँदै उनले भने– ‘सहकारीले अब उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्छ, कृषि समूहले किसानको नेतृत्व लिई अगाडि बढ्छ, नगरस्तरीय, वडा–टोल स्तरमा कृषि मन्डी व्यवस्थापन गर्न हामी अग्रसर भएर लागेका छौं । ’

नगर सभा सदस्य राजेन्द्र बाग्लेले स्वागत राखेको कार्यक्रममा वडा–३ का अध्यक्ष जीवन कुमार भण्डारी, पशु विकास अधिकृत पदम राई, कृषि विकास अधिकृत शालीकराम भट्टराई लगायतले बोलेका थिए भने शान्ति सामुदायिक वनका अध्यक्ष तुलसी प्रसाद खतिवडा, खानेपानी महासंघ झापाका अध्यक्ष योगेन्द्र आचार्य, समाजसेवी पुण्य प्रसाद ओझा, नारायण पराजुली, टंक लामिछाने, साना किसान सहकारीका महाप्रबन्धक गोपि लुइटेल, अभियान नेपालका पूर्व अध्यक्ष प्रसाद गुरागाई, कृषि सहकारी खुदुनाबारीका गजेन्द्र पौडेल लगायतले योजनाको विषयमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा वरिष्ठ योजना अधिकृत हिमराज सेडाई, बोर्ड सदस्य दिलमाया शिवा, लक्ष्मी तामाङ, हरि माया भण्डारी, सकुन्तला बराल, रमेश त्रिखत्री लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संचालन खरिदार खगेन्द्र लिङदेनले गरेका थिए ।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर