Aamsanchar

कांकरभिट्टामा प्रहरीले समात्यो एक करोड मुल्य बराबरको अवैध सामान

Author Image
मङ्गलवार, कार्तिक २०, २०७५

बिर्तामोड ।

पूर्वी नाकाका कांरभिट्टालाई कमाउ नाकाका रुप विश्लेष गर्दै सुरक्षाकर्मीहरुलाई सोही अनुसारको आरोप लाग्ने गरेपनि सशस्त्र र जनपदका सुरक्षा प्रमुखहरुले पूर्वी नाकामा सुरक्षा ब्यवस्था चुस्त बनाएको पाइएको छ ।

दुवै संगठनका प्रमुख आएको तीन महिनामा नै गत वर्षको भन्दा राजश्व संकलनमा वृद्धि हुने संकेत देखिएको छ । इलाका प्रहरी कार्यालय कांकरभिट्टाले गत आर्थिक वर्षमा एक करोड ५६ लाख २० हजार रुपैंया बराबरको सामना भन्सार बुझाएको थियो ।

इलाका प्रहरी कार्यालय कांकरभिट्टाको कमाण्ड सम्हाल्न आएका प्रहरी नायब उपरीक्षक (डीएसपी) मशेह थापाले चालु आर्थिक वर्षको तीन महिनामा नै ४७ लाख ५२ हजार मुल्य बराबरका अवैध सामना बरामद गरेर मेची भन्सार कार्यालयमा बुझाएका छन् ।

डीएसपी थापाले आफु पूर्वी नाकामा कमाउन नआएकाले नाकामा हुने अवैध चोरीतस्करी र राजशव चुवावट नियन्त्रण गरेरै छाड्ने बताए । आफुले नेतृत्व सम्हालेसंगै तस्करहरु तिलमिलाएको भन्दै आफुले सोही अनुसारको राजश्व संकलन गर्न सहयोग पु¥याएको बताए ।

असल काम गर्ने सबैको साथ पाएको र पूर्वी नाकामा सुरक्षा ब्यवस्था ब्यवस्था चुस्त बनाउन सबैसंग हातेमालो गर्न आफु तयार रहेको उल्लेख गरे । भारतसंग सिमाना जोडिएकाले यस नाकाबाट कुनै पनि आपाराधिक गतिविधि नहोस् भने आफु चनाखो रहेको डीएसपी थापाको भनाई छ ।

चाडपर्वको समयमा स्थानीय निकाय लगायतका सबैसंघ–संस्थासंग हातेमालो गर्दै अपराध न्यूनिकरणका लागी लागेपनि प्रहरीलाई बदनाम गर्ने प्रयत्न हुन थालेपनि आफुहरु कतिपनि बिच्चलित नहुने धारणा ब्यक्त गरे । नाकामा उत्कृष्ट काम गरेको भन्दै डीएसपी थापालाई १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले असोज महिनाको उत्कृष्ट प्रहरी पुलिस अफ द मन्थ घोषणा गरेको थियो ।

यता सशस्त्र प्रहरी बल राजशव तथा भन्सार सुरक्षा गुल्म कांकरभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेश घिमिरेको नेतृत्वमा रहेको सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको तीन महिनामा ५३ लाख ६५ हजार रुपैंया मुल्य बराबरको अवैध सामना बरामद गरेर मेची भन्सार कार्यालयमा बुझाएको जनाइएको छ ।

सशस्त्रले गत आर्थिक वर्षमा एक करोड २५ लाख ६ हजार रुपैंया बराबरको अवैध सामना बराबदम गरेर भन्सार बुझाएको थियो । शसस्त्रले चेकजाँचलाई कडाई गरेसंगै पूर्वमा अवैध सामना ओसारपसर गर्नेहरु निरुत्साहित बन्दै गएका छन् ।

चाडपर्वको समयमा विष्फोटक पदार्थ साथै अन्य राजश्वछलिका सामना कांकरभिट्टा नाकामार्फत भित्र्ने वस्तुहरु नियन्त्रणका लागि सुरक्षा निकायले उच्च सर्तकता अप्नाउदा त्यस्ता वस्तुहरुको आयतमा कमि आएको छ । झापाका बजारमा गएका वर्षहरुको तुलनामा भन्दा यस वर्ष विष्फोटक पदार्थहरु कम विक्रि भएको पाइएसंगै कांकरभिट्टा नाकाका नेपाल प्रहरी र सशस्त्र प्रहरीेले सर्तकता बढाएको पुष्टि भएको हो ।

गत वर्षहरुमा ठूलो परिमाणमा पूर्वी नाकाबाट भित्र्ने गरेका पटक, जगमग, झिरझिरे लगायतका बारुद जन्यहरु पदार्थहरु नेपाल भित्र्न निरुत्साहित भएका छन् भने नेपाल भित्र्यिाईदै गरेका माल वस्तुहरु प्रहरीले नाकामा प्रहरीले बरामद गरेको छ ।

पूर्वीद्धारमा एकद्धार सुरक्षा चेक जाँच प्रणाली अनुसार एक्स–रे मेसिनद्धारा चेक गर्न थालेपछि नियन्त्रणमा थप टेवा पुगेको सशस्त्र प्रहरी बल राजशव तथा भन्सार सुरक्षा गुल्म कांकरभिट्टाका प्रहरी नायब उपरीक्षक राजेश घिमिरेले बताए । उनभने–हामी चाडबार्ड सुरक्षा नीति बनाएर दुवै संगठनबाट सक्रिय रुपमा लागेका छौं । पूर्वी नाकाबाट बारुद जन्य वस्तु आएत भएको छैन् ।

पूर्वी नकाका कांकरभिट्टा हुदैं भारतको पानीट्याङ्की, सिलिगुढि लगायतका भारतीय बजारहरुबाट सुरक्षा निकाय र भन्सारको आँखा छलेर विष्फोटक पदार्थ भित्र्न सकने कुरालाई मध्यनजर गर्दै नाकामा सशस्त्र तथा जनपदले उच्च सर्तकता अप्नाएको प्रहरीको भनाई छ ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर