Aamsanchar

बाह्र वर्षपछि बेशीतिरसम्मै हिमपात

Author Image
बुधवार, माघ ९, २०७५

बाजुरा, 

एक दशकभन्दा बढी सयमपछि बाजुराका बेशीतिरका क्षेत्रमा समेत हिमपात भएको छ ।

जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ वर्षपछि पहिलो पटक कर्णाली नदी किनार सम्मै हिमपात भएको हो । विसं २०६३ मा एक पटक कर्णालीको सतहसम्मै हिमपात भएको थियो ।

त्यसपछि  बिहान हिमपात भएको बूढीनन्दा नगरपालिका–१ का स्थानीयवासी जयबहादुर कार्कीले बताउनुभयो । समुन्द्री सहतदेखि ९५० मिटरको उचाइमा रहेको कर्णाली नदी किनारासम्म हिमपात भएको हो ।

सोमबार रातिबाट लगातार परेको वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् । हिमपातले खेतीपातीमा लागेका रोग कीरा मर्ने र अन्नबालीलाई फाइदा पुग्ने स्थानीयवासी अनवीर कठायतले बताउनुभयो ।

हिमपातले चिसो बढेको छ भने हवाई र सडक यातायात प्रभावित भएको छ । मुख्यतया सडक यातायात प्रभावित भएपछि अहिले स्थानीयवासीलाई आवातजावतमा कठिनाइ भएको छ । हिमपातपछि यहाँका नाङ्गाडाँडा सेताम्य भएका छन् ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर