Aamsanchar

आगलागीमा आठ लाख बराबरको क्षति

Author Image
शनिवार, फागुन ११, २०७५

इनरुवा, 

सुनसरीको रामधुनी नगरपालिका–१ डुमरिया गाउँमा आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको छ ।

स्थानीय महेश चौधरी र चुमकलाल चौधरीको घरमा शुक्रबार एक्कासि आगलागी हुँदा रु आठ लाख बराबरको क्षति भएको सुनसरीका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो ।

आगलागीमा परेर घरभित्र रहेका लत्ताकपडा, अन्नपात, सुनचाँदीलगायत फर्निचरका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । खाना पकाएर बारीमा फ्यालेको खरानीबाट सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।

इनरुवा र इटहरीबाट गएका वारुणयन्त्र तथा स्थानीयवासी तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।

Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर